हेटौँडा,१ मंसिर । मकवानपुरको भीमफेदीमा रहेको जेलबाट कर्तब्य ज्यान मुद्धामा जन्म कैद सजाय भोगीरहेका कैदि फरार भएपछि गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।

शनिबार राती कैदि कुलदिप धामी फरार भएपछि गृह प्रशसनले यसमा गम्भिर चासो देखाएको हो । आईतबारनै गृह मन्त्रालाय उपसचिव दीपक नेपालको संयोजकत्वमा समिति निर्माण भएको हो ।

छानविन समितिको विषयमा जानकारी दिँदै गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले समितिका संयोजकले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पार्ने र सोहि प्रतिवेदनको आधारमा अरु प्रक्रिया अघि बढाईने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।