साङ्केतिक तस्वीर

हेटौंडा, १ मसिंर, मकवानपुरको भिमफेदी कारागारबाट गएराती एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका सुनसरी साविक बकुलरी गाविसका ३० वर्षीय कुलदिप राज धामी फरार भएका हुन् ।

कारागार वरीपरि १२ फिट भन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै कारागारका प्रमुख जेलर प्रकाश खनालले अनुसन्धान भइरहेको जानकारी दिए । यद्यपी पर्खालको केहि सानो भागमा ग्याप रहेको र तेहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुन सक्ने अनुमान गरिएको प्रमुख जेलर खनालले बताए ।

धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरोनो ठेगाना सुनसरीमा समेत अर्लट गरिएको प्रमुख खनालले बताए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय काटिरहेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।