साङ्केतिक तस्वीर

हेटौंडा, १ मसिंर,मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिक वडा नंबर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा निशुल्क आँखा शल्यकृया शिविर हुने भएको छ । आउँदो मसिंर ३,४ र ५ गते (मंगलबार,बुधबार र बिहिबार) प्राथमिक स्वास्थ्य केन्द्रामा निशुल्क आँखा शल्यकृया शिविर हुने बकैया गाउँपालिक वडा नंबर ४ का वडा अध्यक्ष राजन दंगालले बताए ।

आँखा शिविरमा आँखा परिक्षण गर्दा शल्याकृया गर्नु पर्ने बिरामी देखिएमा प्रथामिक स्वास्थ्य केन्द्र छतिवनमा नै शल्यकृया गर्ने व्यवस्था समेत मिलाईएको वडा अध्यक्ष दंगालले बताए । निशुल्क आँखा शल्यकृया शिविर बकैया गाउँपालिका वडा नंबर ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा हुन लागेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।