Image result for oli phone modiकाठमाडौं, ०१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कालापानीबाट आफ्नो सेनालाई फिर्ता लैजान आग्रह गर्नुभएको छ । उनले भारतीय प्रधामन्त्रीलाई सेना फिर्ता लैजान आग्रह गर्नुभएको हो ।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संग नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको एक इञ्च पनि भूमि कसैलाई मिच्न नदिने बताउँदै भारतलाई कालापानीबाट आफ्नो सेनालाई फिर्ता गर्न आग्रह गर्नुभएको हो ।

यसैबीच प्रधानमन्त्री ओलीले अहिलेको सरकार नेपालको अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल कांग्रेसले कालापानी, लिपुलेक, लिम्पियाधुराबारे किन बोल्दैननलगाएतका प्रश्न गर्दैगर्दा अहिलेको सरकारले भारतीय फौज फिर्ता गराउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो–‘अहिले आएर सीमाना मिचिएको होइन । यसअघिका शासकहरुका कमजोरीका कारण मिचिएको हो । ती मिचिएका नेपाली भू–भाग फिर्ता लिन अहिलेको सरकार सक्षम छ ।’

त्यस्तै उहाँले आफ्नो भूमि एक एञ्च पनि मिच्न नदिने बताउनुभयो । सीमा मिचिएको विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न आफूहरु सफल भएको उहाँको भनाइ छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।