मंसिर १- ‘ए मेरो हजुर’को चौथो श्रृखंलामा अभिनेता अनमोल केसी पुनस् दोहोरिने भएका छन्। शनिबार ‘ए मेरो हजुर ४’को सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अनमोल दोहोरिने पक्का भएको हो। ।

‘ए मेरो हजुर ३’मा काम गरेका अनमोलले चौथों शृंखलामा अभिनेत्री सुहाना थापासँग जोडी बाँध्नेछन् । सिनेमालाई झरना थापाले नै निर्देशन गर्नेछिन्।

‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो। यही सिनेमाबाट झरनाकी छोरी सुहानाले नेपाली रजतपटमा डेब्यू गरेकी थिइन्।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायाँकन हुने सिनेमाको बाँकी कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन्।