हेटौँडा । होटल तथा लजबाट आपत्तिजनक कार्यमा संलग्न ९ जोडी मानिसहरू पक्राउ परेका छन् । शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर १ स्थित सिमरा बजारमा रहेको होटल तथा लज चेकजाँचको क्रममा दिप होटल, गोर्खाज होटल, झापाली होटल, नमस्ते होटल, रोजी होटल समेतमा आपतिजनक अवस्थामा ९ वटा जोडीलाई फेला पारेको हो । उक्त जोडीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये केहि   सरकारी कर्मचारी समेत रहेको पाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।