जर्मनी सन् २०२० मा आयोजना हुने युरो कपमा छनोट भएको छ । शनिबार राति भएको खेलमा बेलारुसविरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै जर्मनी युरो कपमा छानिएको हो ।

समूह ‘सी’को विजेताको रूपमा युरो कपमा छानिएको हो । सो समूहबाट १८ अंकसहित समूह विजेता भयो । आफ्नै मैदानमा भएको खेलमा बेलारुसविरुद्ध जित निकाल्दा टोनी क्रुसले २ गोल गरे भने माथियास जिन्टर र लियोन गोरेट्काले समान एक–एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा जिन्टरको गोलमा जर्मनीले सुरुआती अग्रता बनाएको हो । यस्तै खेलको ४९ औं मिनेटमा गोरेट्काले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ५५औं मिनेट र ८३औं मिनेटमा क्रुसले गोल गरेपछि जर्मनीले ४–० गोलान्तरको जित दर्ता गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।