काठमाडौँ — पुर्व सांसद मोहम्मद अफताव आलम विरुद्ध सरकारी वकिलकोतर्फबाट मुद्दा दायर गरेका जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ ।
रौतहट बम बिस्फोटका आरोपित पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै उनलाई आज आइतबार मकवानपुर जिल्ला सरकारी वकिलको कार्यालयमा सरुवा गरिएको हो ।

आलमको मुद्दामा अनुसन्धान भए लगत्तै प्रहरीले कटवालको सुरक्षाका लागि अंगरक्षक खटाएको थियो ।

आलमको विरुद्ध सरकारी वकिलकोतर्फबाट मुद्दा दायर गरेका कटवालले सुरक्षा थ्रेट रहेको भन्दै शुक्रबार नै अन्यत्र सरुवा गर्न महान्यायधिवक्ताको कार्यालयलाई आग्रह गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।