१ मंसिर,सुरक्षामा खटिएका एक प्रहरी जवानले बैंकलाई नै झुक्याएर बढी भुक्तानी लिएको खुलेको छ । पर्सा जिल्ला घर भई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा कार्यरत प्रज राजेश द्विवेद्वीले चेक किर्ते गरी बैंकबाट बढी रकम झिकेको कसुरमा उनलाई निलम्बन गरिएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार घटनापछि द्विवेद्वीलाई हिरासतमा राखी कारबाही सुरु गरिएको छ । उनले राष्ट्रिय वाणिज्य बैंकमा आफ्नै नाममा रहेको खाताबाट आफनै नाममा काटिएको चेकले कसरी ६३ हजार ठगी गरे ? घटना रोचक र अनौठो छ । उनको खाता नम्वर १२७००००१८५१ डी हो । यो खातामा प्रहरीले तलब पठाउने गर्छ । बिहीबार जलेश्वरस्थित राबा बैंकमा उनले आफ्नै नाममा काटिएको ३ र ४ हजारको २ चेक भुक्तानी लिन गए ।

बैंक प्रबन्धक शिवशंकर यादवका अनुसार द्विवेद्वी युनिफर्ममा बैंक पुगेका थिए । ड्युटीमा रहेको ठानी बैंककर्मीले उनको सहुलियतका लागि प्रशासन काउन्टरमा पठाए । बैंकमा सामान्य ग्राहकको जेनरल काउन्टर र बिरामी लगायत विशेष अवस्थाका ग्राहकको सहुलियतका लागि प्रशासन काउन्टरबाट चेक भुक्तानी दिने व्यवस्था मिलाइएको हुन्छ । जेनरल काउन्टरमा ग्राहकको भिड रहन्छ । यो काउन्टर पुगेको चेक कम्प्युटर मिलान र भुक्तानी एकै ठाउँबाट हुन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।