हेटौँडा,३० कार्तिक ।
गत कार्तिक २८ गते हेटौँडामा भएको एक कार्यक्रममा प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अवको १५ दिनभित्र प्रदेश नंबर ३ को स्थायी राजधानी तथा नामाकरणको विषय टुंगो लाग्ने बताएपछि प्रदेश तीनमा फेरीपनि राजधानी तथा नामाकरणको विषयमा चर्चा सुरु भएको छ ।

स्थायी राजधानी तोक्न नसस्दा सरकार सञ्चालको काम समेत प्रभावित भएको भन्दै प्रदेशसभा सदस्यहरुले प्रदेश बैठकमा समेत कुरा उठाईसको र सरकारले अविलम्व राजधानी तोक्न दवाव आएपछि मुख्यमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पटक–पटक राजधानी तोक्ने भन्दै सांसदको बैठकमा समेत प्रतिवद्धता ब्यक्त भएपनि राजधानीको विषयलाई टुंगो नलगाई सांसद बैठक स्थगित हुने, अधिवेशननै समापन हुने गरेको थियो । तर यो पटक दवाव बढेकै कारण मुख्यमन्त्रीले १५ दिनको समयसिमा तोकेको नेकपाका एकजना प्रदेश सांसदको भनाई रहेको छ ।
उनले भने : मुख्यमन्त्रीलाई अब केन्द्रीय स्तरबाट पनि दवाव आएको छ, राजधानी जस्तो अति महत्वपूर्ण विषय दुई वर्षसम्म पनि तोक्न नसक्नुले उहाँको कार्यशैलि र क्षमतामा समेत केन्द्रले प्रश्न गर्न सुरु गरेपछि मुख्यमन्त्री तातिनुभएको हो ।  उनले राजधानीको विषय यो पटक भने टुंगोमा पुग्नेमा आफु पनि विश्वस्त रहेको बताए ।

स्थायी राजधानी तोक्न मुख्यमन्त्री पौडेललाई फलामको चिउरा चपाउनु सरह भने हुनेछ । राजधानीको मकवानपुर सहित काभ्रे, नुवाकोट, भक्तपुर सहितका जिल्लाले पनि दावी गरेका छन् । यसकारण यो विषयलाई टुंगोमा पुराउनको लागि मुख्यमन्त्रीलाई समस्या पर्ने भएपनि उनी यो पटक भने जस्तोसुकै समस्याको विचमा पनि राजधानी तोकेरै छाडने मुडमा रहेको श्रोतको भनाई छ ।
स्थायी राजधानी नतोकिदा सांसदहरु पनि अस्थायी मानसिकतामा हेटौँडा आउने भएकोले काममा केहि समस्या भएको स्वय्म सांसदहरुकै भनाई रहेको छ । राजधानी तोक्नुपर्छ भन्नेमा प्रतिपक्ष समेत एकमत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।