हेटौंडा ३० कार्तिक,हेटौंडा उपमहानगरपालिका वडा नंबर १ चौकीटोल तिरतिरे धारा नजिक दुई सुमो एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा आउँदै ना १ ज २०९४ नम्बरको सुमो र विपरित दिशाबाट गईरहेको ना १ ज ६४१३ नम्बरको सुमो एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेमा १ बालक र ३ पुरुष रहेको बताईएको छ । घाइतेहरुलाई हेटौंडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।