सांकेतिक तस्बिर

हेटौँडा,३० कार्तिक – हेटौँडामा आज (शनिबार) दुईजनाको शव भेटिएको छ । आज हेटौँडा ११ चनौटा तथा कुमान्डप सरोबर परिसरमा रहेको राप्ति नदिनमा शव फेला परेको हो । दुबै शवको पहिचान भने भएको छैन् ।

स्थानीयले दुबै शवको विषयमा प्रहरीलाई जानकारी दिएपछि आफुहरु घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले बताए । त्रिवेणीधामनजिक करिव ४० ५० वर्ष जतिको देशिने शव खोलाको खोँचमा फेला परेको सिंहको भनाई रहेको छ । उता चनौटामा भने शव कुहिएको अवस्थामा फेला परेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।