प्रदेश नंबर ३ को सरकार पनि अव राजधानीको विषयलाई टुंगोमा पुराएर मात्र अन्य कामहरु अघि बढाउने मानसिकतामा रहेको कारण पनि अव बस्ने प्रदेशसभा बैठकले राजधानी तथा प्रदेशको नामको विषयमा निर्णय लिने बताईएको छ । गत कार्तिक २८ गते हेटौँडामा भएको एक कार्यक्रममा प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अवको १५ दिनभित्र प्रदेश नंबर ३ को स्थायी राजधानी तथा नामाकरणको विषय टुंगो लाग्ने बताएपछि प्रदेश तीनमा फेरीपनि राजधानी तथा नामाकरणको विषयमा चर्चा सुरु भएको छ ।

स्थायी राजधानी तोक्न नसस्दा सरकार सञ्चालको काम समेत प्रभावित भएको भन्दै प्रदेशसभा सदस्यहरुले प्रदेश बैठकमा समेत कुरा उठाईसको र सरकारले अविलम्व राजधानी तोक्न दवाव आएपछि मुख्यमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राजधानीको लागि प्रदेशसभाले निर्माण गरेको समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन,नुवाकोट, भक्तपुर तथा मकवानपुरको नाम प्रदेशसभा बैठकमा पेश गरिसकेको अवस्थामा प्रतिस्पर्धाको रुपमा भने काभ्रे र मकवानपुरको मात्र चर्चा चुलिएको हो ।

तर नेकपा संसदीय दल निकट श्रोतको भनाईलाई आधार मान्ने हो भने राजधानीको लागि मकवानपुरको हेटौँडालाईनै स्विकार गर्ने अवस्था बनिसेको र अव निर्णय हुन मात्र बाँकी रहेको छ । प्रदेशसभामा नेकपाको दुई तिहाईको बहुमत रहेको कारण पनि नेकपाको संसदीय दलको निर्णयनै राजधानी तथा नामको लागि अन्तिम हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित प्रदेश नेकपाको “हाईकमाण्ड”ले प्रदेशको राजधानी हेटौँडालाईनै “ग्रिन सिग्नल” दिएपछि राजधनी हेटौँडामानै हुने भएको श्रोतको दाबी छ । हेटौँडालाई राजधानी तोकिने समझदारीसँगै प्रदेशको नाम वागमती हुेने भएको छ । प्रदेशको नामका् विषयमा नेकपा सहित नेपाली कांग्रेसको समेत सहमत रहेको छ । प्रदेशको नामको विषयमा ताम्सालिङ तथा नेवा राख्ने विषयमा समेत चर्चा भएपनि अधिकांशको रोजाई वागमती रहेको कारण नामकरणमा पनि कुनैपनि समस्या नहुने भएको नेकपाको उच्च श्रोतको दाबी छ ।

खबरब्रेकसँग कुरा गर्दै एकजना नेकपाका सांसदले भने नामकरण तथा राजधानीको विषयमा नेकपामा ह्वि लाग्न सक्छ । अहिले राजधानीलाई सार्ने विषयमा चर्चा गरिए या सार्न खोजिए देश आन्दोलनमा जाने खतरा भएको कारण नेकपा नेतृत्वले जुन स्थानलाई अस्थायी राजधानीको रुपमा तोकियो सोहि स्थानलाई स्थायी राजधानी बनाउने सहमति भएको हो ।

सडक सञ्जाल
प्रदेश नंबर ३ को राजधानीको लागि हेटौँडालाई सबैभन्दा सहयोग गर्ने तथा असहयोग गर्ने विषय सुरुमा सडकमार्ग थियो । तर प्रदेशसभा सञ्चालनको एक वर्षको अवधीमा हेटौँडा आउने सांसदहरु अब सडकमार्गको कुरा उठाउन छाडेका छन् । पहिलो पटक हेटौँडा आएका सांसदहरुले चितवन हुँदै हेटौँडा तथा सिस्नेरी हुँदै हेटौँडा मार्गको मात्र जानकारी राखेका थिए । मकवानपुरबाट निकट भविष्यमानै निर्माण सम्पन्न हुने द्रुत मार्ग, सुरुङमार्ग, चाँडैनै कालोपत्रे सम्पन्न हुने कान्तिलोकपथ, स्तरिकरण हुँदै गएको सिस्नेरी तथा फाखेल सडक, सिन्धुली, रामेछाप, दोलखा सहितलाई सहज हुने धरान चतरा सडकमार्गको कारण हेटौँडालाई राजधानीको लागि सहज बनाएको हो । अब हेटौँडाले सडकको कारण राजधानी बन्न नसक्ने कारण समेत नरहेको सांसदहरुले बुझिसकेका छन्।

भौतिक पुर्वाधार
राजधानीको लागि मकवानपुरलाई भौतिक पुर्वाधारले समेत निकै साथ दिएको छ । प्रदेश नंबर ३ को राजधानीको लागि आवश्यक पर्ने मन्त्रालय तथा अन्य कार्यलय, मन्त्री निवासको लागि हेटौँडामा नयाँ भवन निर्माण गर्नुपर्ने कुनै आवश्यक्ता छैन् । तर संसदीय समितिले सिफारिस गरेको अन्य जिल्लाहरुमा भने राजधानीको लागि सम्पूर्ण भौतिक पुर्वाधारहरु निर्माण गर्नुपर्ने हुन्छ । जसको लागि केहि वर्ष समय लाग्ने र अरबौ रुपैँया लागत लाग्ने कारण पनि प्रदेशका सांसदहरु भएको ठाउँबाट राजधानी हटाएर फजुल खर्च नगर्ने मुडमा पुगेको एक नेकपा सांसदको भनाई रहेको छ । उनले भने : यहा एउटा सांसल भवनको केहि समस्या रैछ तर त्यो पनि हेटौँडा उपमहानगरपालिकाको सिटि हललाई मर्मत गर्दा उत्कृष्ट बन्ने देखेका छौ ।

सुरक्षाको दृष्टिकोण
मकवानपुरको हेटौँडा यो प्रदेशमा सबैभन्दा धेरै सुरक्षाको प्रत्याभुति हुने सहरको रुपमा रहेको छ । नेपाली सेनाको मध्य प्रितनादेखि नेपाल प्रहरीको प्रदे मुख्यालय तथा शसन्त्रको प्रहरीको समेत बाक्लो उपस्थिती रहेको मकवानपुरको हेटौँडालाई सुरक्षाको हिसावले समेत निकै सुरक्षित मानिएको छ । नेपाल भारतको सिमाबाट एक घण्टाको दुरीमा रहेको हेटौँडामा रहेको सुरक्षा निकायले सिमा सुरक्षामा समेत ध्यान दिने गरेका छन । अझ यहा राजधानी बनेपनि यहा सुरक्षाकर्मीको उपस्थिती अझ बढने भएकोले देशलाई थप फाईदा पुग्ने विश्लेषकहरुको दाबी छ ।

नयाँ सहर निर्माण गर्ने जमिन

मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई राजधानी बनाएर यहा नयाँ तथा आधुनिक सहर निर्माण गर्न समेत प्रदेश सरकारलाई यहा उल्लेख्य जमिन रहेको छ । यहाँ भारतको दिल्लीले नयाँ दिल्ली तथा उत्तर प्रदेशले नोईडा बनाएजस्तै नमुना सहर निर्माण गर्ने भुगोल रहेको एक सांसदले दाबी गरे । उनले राजधानी काठमाण्डौँबाट नजिक तथा भिन्न वातावरणमा नयाँ सहर बनाउन समेत हेटौँडा निकै उत्कृष्ट छनौट हुनसक्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।