हेटौंडा,३० कात्तिक – युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा आज  हेटौंडा उपमहानगर पालिका वडा न १३ अन्तर्गत पदमपोखरी ठुलो थली स्थित कालिका निमाबी को प्राङ्गणमा निशुल्क स्घुम्ती स्वास्थ्य शिवीर सफलता पुर्बक सम्पन्न भयो ।

सिबिरमा सेवालिन आउने उमेर समूहमा ६ देखि 15 बर्ष सम्म्को बालबालिका किशोर किशोरी देखि 21 देखि 49 बर्ष सम्मको महिला पुरुष लगाएत 73 बर्ष को बृद्धहरु समेत गरि ११२ जना सेवाग्राहीहरुले सेवा प्राप्त गर्नुभएको छ ।  विशेष गरि दात सम्बन्धि समस्या हुनेहरूको लागि दन्त चिकित्सक डाक्टर नागेन्द्र सिंह र असिस्टेन्ट बबिता साहले स्वास्थ्य परिक्षण गर्ने क्रममा ४२ जनाको किराले खएको र बिग्रेको दात झिकेर फालेको थियो भने अन्य समस्या हुनेहरुको लागि फिजिसियन डाक्टर सन्ध्या अधिकारीले सेवा लिन आउने सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।। स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निस्शुल्क औषधि बितरण गरिएको छ ।

युसेसको अध्यक्ष बुद्ध सरण लामाको सयोजकत्वमा संचालित उक्त शिबिरमा प्रमुख अथिती को रुपमा १३ न व डा अध्यक्ष मनोज वाइबा , अथितीको रुपमा टोल विकास वडा समन्वय समितिका अध्यक्ष राम बहादुर वाइबा लगाएत सक्रिय टोल विकास सस्था को अध्यक्ष सङ्गिता लामा रहनु भएको थियो ।
सिबिरको ब्यबस्थापन गणेश चालिसे ले गर्नु भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।