तस्बीर गुगल

कात्तिक २९- सन् २०१९ को तेस्रो त्रैमासमा फेसबुकले १ करोड १६ लाख बाल दुर्व्यवहारसम्बन्धी पोस्ट हटाएको छ । अमेरिकी सामाजिक सञ्जाल कम्पनीले आफ्नो प्लेटफर्मबाट हानिकारक विषयवस्तु हटाउने योजनाअनुसार उक्त पोस्टहरू हटाएको हो । त्यसका साथै फेसबुकले आफ्ना अन्य प्लेटफर्ममा पनि आत्महत्या वा आफैंलाई हानी गर्ने किसिमको पोस्ट हटाउने बताएको छ ।

फेसबुकका अधिकारीहरूले आफूहरू कम्पनीको नियमको उलंघन नहोस् भन्ने विषयमा संवेदनशील रहेको बताएका छन् । वर्षको तेस्रो त्रैमासमा इन्स्टाग्रामबाट पनि ७ लाख ५४ हजार बाल दुव्र्यवहारसम्बन्धी पोस्ट हटाइएको थियो । सो अवधिमा फेसबुकबाट २५ लाख आत्महत्या र आफैंलाई चोट पुर्‍याउने किसिमका पोस्ट हटाइएको थियो । इन्स्टाग्रामबाट पनि ८ लाख ४५ हजार यस्ता पोस्ट हटाइएको थियो । फेसबुकबाट ४४ लाख लागूऔषध कारोबार, २३ लाख हातहतियारसम्बन्धी पोस्ट हटाइएको थियो । त्यस्तै इन्स्टाग्राममा १५ लाख लागूऔषध, ५८ हजार हातहतियार र १ लाख ३३ हजार आतंकवादी गतिविधिका पोस्ट हटाइएको थियो । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।