कात्तिक २९- रतको बेंगलुरु विमानस्थलमा सोमवार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।नागपुरबाट बेंगलुरु पुगेको गोएयर उडानले अवतरण गर्ने क्रममा धावनमार्गलाई छुनेबित्तिकै विमानको सन्तुलन बिग्रियो र घाँसे मैदानमा परसम्म घचेडिँदै पुग्यो । त्यसपछि उसले गति लियो र फेरि उड्यो ।

उक्त विमान भिजिबिलटीको प्रतीक्षामा बेंगलुरुको आकाशमा घुमिरह्यो तर अन्तिममा उसलाई हैदराबाद पठाइयो । त्यहाँ उसले सुरक्षित अवतरण गर्‍यो ।

घटना बिहान सोमवार बिहान पौने ८ मा भएको हो । गोएयरको उडान संख्या जी८–८११ नागपुरबाट १८० यात्रीहरू लिएर बेंगलुरु पुगेको थियो । विमानलाई बेंगलुरु विमानस्थलको धावनमार्ग ०९ मा ओर्लन अनुमति दिइयो ।

नागरिक उड्डयन महानिर्देशक अरुण कुमारले विमानका कर्मचारीलाई उडानमा रोक लगाइएको बताए । उनले भने, ‘विमान उडाउन रोक लगाइएको छ र हैदराबादमा विस्तृत जाँचका लागि राखिएको छ । डिजिटल फ्लाइट डेटा रेकर्डरबाट प्राप्त डेटाको अनुसन्धान गरिँदैछ ।’

गोएयरले घटना लुकाउने भरमग्दूर कोशिश गर्‍यो र यो सामान्य गोअराउन्ड भएको जनायो । उसले एक बयान जारी गरेर भन्यो, ‘फ्लाइट अवतरण हुन नसकेपछि बेंगलुरुको आकाशमा घुम्यो र पछि त्यसलाई हैदराबादतिर डाइभर्ट गरियो । सबै यात्री, कर्मचारी र विमान सुरक्षित छन् । अनुसन्धान चलिरहँदा कर्मचारीलाई फ्लाइङ ड्युटीबाट हटाइएको छ ।’

एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।