कात्तिक २९- नेपाली बजारमा साताको छैटौं दिन आज (शुक्रबार) अमेरिकी डलरसहित प्रायः सबै देशको मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५१ पैसा र बिक्रिदर १४८ रुपैयाँ २९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।