एजेन्सी,ब्राजिलियन लिजेन्ड पेलेले लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार अहिलेका महान खेलाडी भएको बताएका छन् । ‘गजेट्टा डेल्लो स्पोर्ट्स’सँगको कुराकानीका क्रममा पेलेले मेस्सी, रोनाल्डो र नेयमार सही खेल साथी भएको बताएका हुन् ।

‘एक सयम प्रत्येक राष्ट्रबाट दुई जना अथवा तीन जना महान खेलाडीहरू हुन्छन्’, उनले थपे, ‘यूसेबियो, एन्टोनियो सिमोस, जोहन क्रुफ, फ्रान्ज बेकेन्बौर, डिएगो म्याराडोना, गर्रीन्चाजस्ता महान खेलाडी भएझैं अहिले २ वा ३ जना महान खेलाडी छन् ।’

उनले मेस्सी र रोनाल्डोको नाम लिँदै नेयमार पनि महान खेलाडी बन्ने क्रममा रहेको बताए । उनले भने, ‘मेस्सी र क्रिस्टियानो रोनाल्डो महान छन् । म नेयमार पनि भन्न चाहान्छु । उनी महान खेलाडी बन्ने क्रममा नै छन् । यी तीनै जना सही खेल साथी पनि हुन् ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।