हेटौँडा,२८ कार्तिक ।
विद्यार्थीलाई जानकारी नगराई शुल्क बृद्धि गरेको भन्दै मकवानपुर बहुमुखी क्याम्पसको केहि विद्यार्थीहरुसँग रजिष्टेसन शुल्कमा अतिरिक्त रकम लिएको थाहा पाएपछि स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले विरोध गरेको छ ।

शैक्षिक सत्र २०७६÷०७७ को लागि कक्षा ११ को रजिष्टेसन शुल्क ४ सय हुनुपर्नेमा पाँच सय तथा डबल दस्तुर ८ सय हनुपर्नेमा ८ सय लिएको पाईएपछि स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

स्ववियु सभापति कुमार केसीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो नेपाल परिक्षा बोर्डले तोकेको भन्दा धेरै रकम लिने जो कोहिको पनि पहिचान गरि कडा कारबाही गर्न र विद्यार्थीहरुसँग लिएको अतिरित्त शुल्क फिर्ता गर्नको लागि माग गरेको छ ।
यसै विषयका खबरब्रेकसँग कुरा गर्दै स्ववियु सभापति केसिले सयौँ विद्यार्थीहरुसँग यसरी गैर जिम्मेवार पुर्वक रुपैँया लिएको पाईएको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।