हेटौंडा , २८ कार्तिक÷ गत आर्थिक वर्षमा उद्योग वर्ष घोषणा गरेको प्रदेश ३ को सरकारले १७ हजार उद्योग दर्ता गराउन सफल भएको छ ।
आर्थिक क्रान्तिको नारासमेत बोकेर हिडेको प्रदेश सरकारले गत आर्थिक वर्षलाई उद्योग वर्ष घोषणा गरेको थियो । सरकारले उद्योग वर्ष घोषणा गरेकै वर्ष ०७५÷०७६ मा प्रदेशको उद्योग , वाणीज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालयमा प्रदेशभरिका १७ हजार एकसय ६५ वटा उद्योगहरु दर्ता भएका छन् । निर्देशनालयको अनुसार दर्ता भएकामध्ये ११ हजार ६ सय ५१ वटा साना उद्योग , पाँचहजार तीनसय ६० लघु र एकसय ६१ घरेलु उद्योगमा दर्ता भएका छन् ।

दर्ता भएकोमा सबैभन्दा धेरै नौ हजार दुईसय ८३ वटा सेवासम्बन्धी उद्योगहरु दर्ता भएका छन् । यस्ता उद्योग सेवा प्रदान गर्ने उद्वेश्यले दर्ता भएको निर्देशनालयका अधिकृत पदम ओझाले बताए । त्यस्तै दुईहजार चारसय ७४ वटा उद्योग उत्पादनसम्बन्धी , एकहजार दुईसय १६ वटा उद्योग पर्यटनसम्बन्धी , दुईसय चारवटा निर्माणसम्बन्धी , कृषि तथा वनजन्यसम्बन्धी तीनहजार नौसय ३९ वटा , विज्ञान तथा सुचना प्रविधिसम्बन्धि ४२ वटा , उर्जासम्बन्धी १६ र खनिजसम्बन्धी एउटा उद्योग दर्ता भएको ओझाले जानकारी दिए । प्रदेशभरी दर्ता भएका उद्योगबाट ६७ हजार तीनसय २७ जनाले रोजगारी पाउने अनुमान गरिएको ओझाको भनाई छ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।