रौतहट २८ कार्तिक,रौतहटको गढीमाई नगरपालिका वडा २ को वडा अध्यक्ष पदको लागी अगामी मंशिर १४ गते हुने उपनिर्वाचनका लागी बुधबार दल र स्वतन्त्र गरी ११ जना उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन ।

वडा अध्यक्षपदका लागी नेकपा बाट जबार मिया,नेपाली कांग्रेस बाट दिपेन्द्र श्रेष्ट,समाजबादी बाट दिनेशदाश तत्मा,जनमत बाट राधेश्याम साह,राप्रपा बाट रामेश्वर दाश तत्मा र स्वतन्त्र बाट नथुनी पाश्वान,बिनय साह तेली,सकुर मिँया,हबिब राय भाँट,रहेको मुख्य निर्वाचन अधिकृत बसन्त राज पौडेलले बताएका छन । बिभिन्नदलका उमेदवार तथा स्वतन्त्र उमेदवारहरु बाजागाजा सहीत गढीमाई नगरपालिका २ समनपुर स्थित निर्वाचन कार्यालयमा मनानयन दर्ता गराएको प्रहरी निरिक्षक रिपेन्द्र शिंहले जानकारी दिएका छन ।

जिल्लाको १८ वटा स्थानिय तह मध्ये एउटा वडाको निर्वाचन मात्र भएकाले बुधवार भएको मनोनयनदर्ताको अवसरमा नेकपा,कांग्रेृस लगायत सबैदलका प्राय जिल्लाका नेतृत्वतहका नेताहरुको उपश्थिती रहेको थियो ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता