हेटौंडा, २८ कात्तिक- मकवानपुरको सदरमुकाम हेटौंडाबाट १७ किमि पूर्व हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा सल्लाघारी पर्या–पर्यटन पार्क, गुम्बाडाँडामा मूर्तिकलाको बगैंचा अवस्थित छ । यहाँ मोफसलमै पहिलो पटक २०६९ मङ्सिर ११–२६ गतेसम्म आयोजित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा ५ जना विदेशीसहित २३ जना मूर्तिकारहरुद्वारा कुँदिएको २३ वटा मूर्त/अमूर्त मूर्तिहरु छन् ।

यस बर्षबाट गुम्बा डाँडा परिसरलाई फूलै फूलको बगैचा बनाएर सजाउन सुरु गरिएको छ । गुम्बा डाँडालाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि फूलको बगैचा बनाइएको हो ।

हेर्नुहोस खबरब्रेकको लागि अनिष चौलागाई र सुमन दाहालले खिचेका तस्बिरहरु :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।