हेटौँडा,२७ कार्तिक- प्रधानमन्त्री केपी शर्मा ओलीले संभवत यो साता मन्त्रीमण्डल पुर्नगठन गर्ने संभावना प्रवल बनेको छ । मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी अन्तिम चरणमा रहेको समाचारहरु बाहिरिदा भने अब हुने नयाँ मन्त्रीहरुको सूचिमा मकवानपुरे सांसदहरुको चर्चा शुन्य देखिएको छ ।

संसदीय निर्वाचनमा “लाल किल्ला”को रुपमा सधै रहदै आएको मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई नेकपाले कहिलेपनि मन्त्री बनाउन नसक्दा मकवानपुरे कम्युनिष्ट कार्यकर्ताहरु रुष्ट बन्ने संभावना यो पटक पनि बढेको छ ।

२०४८ सालको आम निर्वाचनबाटै मकवानपुरे राजनीतिमा तत्कालिन एमालेले आफ्नो प्रभुत्व जमाएको थियो । हालको अवस्थामा आईपुग्दा यहा कम्युनिष्ट अहिलेसम्म कम्तिमा एक क्षेत्रमा हार विहिन बन्न परेको छैन् । तर पनि प्रत्येक पटक कम्युनिष्टले नेतृत्व गरेको र कम्युनिष्ट सहभागि भएको सरकारमा यहाका सांसदहरुले मौका पाएनन् । उनीहरुलाई कुनै समितिको सदस्य या सभापतिको जिम्मेवारी दिएर टार्ने गरिएको छ ।

मकवानपुरबाट हाल प्रतिनिधिसभा तथा राष्ट्रियसभामा गरि चारजना सांसदहरु रहेका छन् । प्रतिनिधिसभामा तत्कालिन एमालेबाट मकवानपुरको क्षेत्र नंबर १ बाट कृष्णप्रसाद दाहाल तथा क्षेत्र नंबर २ बाट विरोध खतिवडा विजयी भएका सांसद हुन भने राष्ट्रियसभामा तत्कालिन माओवादी केन्द्रबाट रामनारायण विडारी तथा एमालेबाट रामचन्द्र राई सांसद रहेका छन् ।

खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हुन भने दाहाल नेकपा प्रदेश नंबर ३ का सचिवालय सदस्य तथा प्रतिनिधिसभा अर्थ समिति सभापति समेत हुन् । यि दुई अनुहार मकवानपुरे कम्युनिष्ट राजनीतिका निकै पुराना हस्ति हुन् । २०४८ सालबाट निरन्तर विजयी भएका खतिवडा तथा कमल थापालाई हराएर ह्याट्रिक गरेका दाहाल प्रत्येकपटक हुने मन्त्रीमण्डल गठन प्रक्रियामा छायामा पर्ने गरेका छन् ।

केन्द्रीय नेतृत्वले विवेक प्रयोग गर्नुपर्ने हो : खतिवडा

मन्त्रीमण्डलको विषयमा खबरब्रेकसँग कुरा गर्दै नेकपा केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले मन्त्रीमण्डल निर्माण गर्दा केन्द्रीय नेतृत्वले विवेक प्रयोग गर्नुपर्ने बताए । निरन्तर मकवानपुर जिल्लालाई पार्टीको इज्जत बढाउँदै लाल किल्ला बनाएको भन्दै खतिवडाले अबसर प्रदान गर्दा गुट, उपगुट, नजिक, टाढा हेर्न नहुने बताए ।

मकवानपुरको इतिहास नेपाल कम्युनिष्ट पार्टीको लागि गौरबपूर्ण रहेको भन्दै उनले यसको मुल्याङ्कन हुनपर्ने र मकवानपुरे जनताहरु पनि केन्द्रीय मन्त्रीमण्डलमा मकवानपुरको प्रतिनिधित्वको आशमा रहेको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।