file photo

हेटौंडा २५ कार्तिक,हेटौंडाकी ८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छन् । साथीका घरमा भोगटे खान गएकी हेटौंडा उपमहानरपालिका वडा नंबर १५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन् । स्कुलमा सँगै पढ्ने साथीका घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो उनी बलात्कृत भएको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा हेटौंडा उपमहानरपालिका वडा नंबर १५ रातोमाटेका २८ वर्षीय जयराम रुम्बा पक्राउ परका छन्। बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयले हेटौंडा अस्पताल पु¥याएका थिए ।

सुरुमा धामीकहाँ लगिएको र पछि स्थानीयको सहयोगमा अस्पतालमा पठाइएको थियो। बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।