हेटौँडा,२५ कात्तिक,
२० वर्ष अघिको योजनालाई सार्थकता प्रदान गर्दै मध्ये नेपालको बुटवल उपमहानगरपालिकाले बुटवलको बसपार्क–योगीकुटी सडकखण्ड विस्तारको काम सुरु गरेको छ ।
२०५४ सालबाट २५ मिटर फराकिलो पार्ने अभियानको योजना बनेको भएपनि आजबाट उक्त कामले सार्थकता पाएको हो । बसपार्क क्षेत्रको कालिकापथ क्षेत्रलाई २५ मिटर फराकिलो पार्न लागिएको हो ।
सडक मिचेर बनाइएका संरचना डोजर प्रयोग गरी भत्काउने र बाटो चौडा पार्ने काम अहिले भइरहेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णुबहादुर थापाले अहिले साइड क्लियर गर्ने र नाली खन्ने कार्य भइरहेको जानकारी दिए ।

गत आर्थिक वर्षको सुरुमै यो सडकको क्षेत्राधिकार छुट्टाएर काम सुरु गर्ने भनिए पनि अहिले बल्ल सडक विस्तारको कामलाई तीव्रता दिइएको हो । बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०मा यो सडक विस्तारको काम सम्पन्न गर्न तीन वर्ष लाग्ने र झण्डै एक अर्ब खर्च हुने उल्लेख छ ।
अनलाईन खबरको सहयोगमा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।