साङ्केतिक तस्वीर

हेटौंडा, बाराको अमलेखगंजमा भएको मोटरसाईकल दुर्घटनामापरि हेटौंडा उपमहानगरपालिका वडा नबर ४ का उदयराज सापकोटाको ज्यान गएको छ ।  बसरको ठक्कर बाट उनको ज्यान गएको हो ।

बाराबाट हेटौँडा आउँदै गरेको ना ७ ख २०२ नंबरको बसले सापकोटा सबार ना ६४ प ६४४१ नंबरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भिर घाईते भएका सापकोटाको नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जान मृत्यु भएको हो भने दुर्घटनामा उनकी श्रीमति दुर्गा सापकोटा घाईते भएको र उनको स्थानीय अस्पतालमा उपचार भैरहेको बारा प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।