हेटौंडा २३ कार्तिक,मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ न्युरेनिमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ का २५ वर्षीय राजेश तिमल्सिना रहेका छन् । घाईते हुनेमा मोटरसाइकलमै सवार २५ वर्षीय गुडराज तिमल्सिना रहेका छन् । घाइते भएका तिमल्सिनाको थप उपचारको लागि भरतपुर रिफर गरेको प्रहरीले जनाएको छ ।

गएराति मकवानपुरगढी बाट ना.५९ प ६९२५ नंबरको मोटरसाईकल हेटैंडातर्फ आउँदै गर्दा अनियंत्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।