हेटौंडा,२३ कात्तिक-हेटौडा उपमहानगरपालिका ४ स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारण सभा सम्पन भएको छ।

संस्थाको आर्थिक वर्ष २०७४/२०७५ को अन्तसम्म ६९२ जनाको १ करोड १४ लाख ६० हजार ६ सय रहेको शेयर पूजि बढेर २०७५/२०७६ मा ८६८ जना सदस्य भई १ करोड २७ लाख ३६ हजार ६ सय पुगेको छ ।

यस आ.ब मा संस्थाको कुल कारोवार ८ करोड १९ लाख ५७ हजार भएको र कुल नाफा १ करोड १५ लाख ७० हजार ४ सय ९२ रुपैया गरेको छ। यसमा प्रशासनिक संचालन लगायत बिभिन्न शिर्षकमा गरी कुल खर्च ८७ लाख ४६ हजार ६ सय ७८ रुपैया खर्च भै २८ लाख २३ हजार ८सय १३ रुपैया खुद नाफा गरेको छ।

घाटामा रहेको सहकारी संस्थाले नँया व्यवस्थापन आएपछि पुरानो घाटा पूर्ति गरी ०७४/०७५ को नाफा र यहि आर्थिक बर्षको संरक्षित पुजी कोषको रकमबाट १३ प्रतिशत लाभांस दिएकोमा र ०७५/७६ को मुनाफा बाट १० प्रतिशत लाभांस वितरण गर्ने भएको छ।

उद्योग संघ मकवानपुरका अध्यक्ष समेत रहेका नवराज अर्यालको सभापतित्व र मेयर हरिबोल महतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा हेटौडा मेयर महतले जेष्ठ सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । मेयर महतले उत्कृस्ट दैनिक, मासिक, बाल बचतकर्ता र उत्कृस्ट ऋणीलाइ प्रमाणपत्र समेत वितरण गरेका थिए ।कार्यक्रममा प्रदेश उद्योग संघका अध्यक्ष ऋषि घिमिरे,वडाध्यक्ष नबिन सिग्देल लगायत केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ ,जिल्ला सहकारी संघका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।