कात्तिक २३- भारतीय नयाँ नक्सामा नेपालको भूमि पारेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा सहभागीहरुले सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्न सुझाब दिएका छन्।

शनिबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री, पूर्व पराराष्ट्र मन्त्री, परराष्ट्रविद, सीमाविदहरुले यस्तो सुझाब दिएका हुन्।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराईले सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्न सुझाब दिएको बताए। बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो। सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ।’ उनले यस विषयमा प्रधानमनत्रीकै तहबाट वार्ता गरी समस्याको हल खोज्नुपर्ने बताए।

अध्यक्ष भट्टराईले भारतले अतिक्रमण गरेका सबै सीमाको यथेष्ट प्रमाण जुटाएर एक चरणमा समाधन खोज्न समेत सरकारलाई सुझाब दिएको बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।