मनहरी,नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य कुमारी मोक्तानले पार्टी एकता प्रक्रिया अन्तिम पुगेको भन्दै अब समृद्धिको यात्रामा दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँपालिका कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै नेतृ मोक्तानले पार्टीका कामलाई व्यवस्थित र मजबुत बनाउँदै लैजानका लागि कमिटीहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । ‘अब कम्युनिष्ट कार्यकर्ताहरु समृद्धिको काममा दत्तचित्त भएर लाग्नुपर्दछ’, नेतृ मोक्तानले भन्नुभयो–‘तिनै तहको सरकारले अब जनताको मन जित्ने काम गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य रामेश्वर रानाले तिनै तहको सरकार सञ्चालन गरिरहँदा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले आफूलाई शासकको रुपमा नभई सहजकर्ताको रुपमा लिनुपर्ने बताउनुभयो । प्रदेश कमिटी सदस्य एबम् सांसद ओमबहादुर ग्लानले कार्यकर्ताबीच प्रभावकारी छलफलले मात्रै पार्टीका गतिबिधिहरु मजबुत बन्दै जाने बताउनुभयो ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य एबम् मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, जिल्ला सचिवालय सदस्य राजाराम स्याङ्तान लगायतले धारणा राख्नु भएको थियो । बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको छ । बैठकले मनहरी गाउँपालिकाका सबै वडा कमिटीहरुको नियमित बैठक, गाउँ परिषदको आयोजना, निर्वाचन क्षेत्र विकास कार्यक्रमका सम्बन्धमा पनि छलफल भएको थियो । गाउँपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा बैठक भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।