हेटौँडा,२३ कार्तिक,विन्दावासिनि कंशाकारलाई एसिड प्रहार गरि फरार भएका दिलिपराज केशरीलाई मोटरसाईकलमा राखेर भगाउने र एसिड किन्न सघाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त घटनाममा सहभागि रहेको भन्दै सञ्जय मण्डललाई पक्राउ गरेको हो । मकवानपुरका प्रहरी प्रमुख एसपी मकेश कुमार शाहाले मण्डल पक्राउबारे खबरब्रेकलाई प्रतिक्रिया दिँदै भने : केशरीले एसिड प्रहार गेपछि मण्डलले आफ्नो मोटरसाईकलमा उनलाई फरेस्टीगेटसम्म लगेको भन्नेसम्म मण्डलले स्विकारेका छन् । फरेस्टी गेटबाट भने बसमा गएको भन्ने मण्डलले बताएको सिंहले बताए । उनलाई यो विषयमा थप अनुसन्धान गरिने समेत सिंहको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।