कात्तिक २३- भीमफेदी गाउँपालिका ६ स्थितभीमसेन कृषि सहकारी संस्थाको तेश्रो साधारण सभा सम्पन भएको छ।

संस्थाको आर्थिक वर्ष २०७५/२०७६ मा ६४७ जना सदस्य भई शेयर रकम २६लाख ०३ हजार ९ सय पुगेको छ । यस आ.ब मा संस्थाको कुल कारोवार १ करोड ६५ लाख ०६ हजार ९ सय ५२ भएको र कुल नाफा२ लाख ७५ हजार ४ सय ४५ रुपैया गरेको छ। यसमा प्रशासनिक संचालन लगायत बिभिन्न शिर्षकमा गरी कुल खर्च १८ लाख ७९ हजार ०सय ५९ रुपैया खर्च भै २ लाख ७५ हजार ४ सय ४५ रुपैया खुद नाफा गरेको छ।

भीमफेदी गाँउपालिका दलीत महिला सदश्य तथा कार्यपालीका सदश्य समेत रहेका सहकारीका अध्यक्ष सरीता परीयारको सभापतित्व र भीमफेदी गाउँपालीका अध्यक्ष हिदम लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष लामाले बडोत्तर बाल बचत सदस्यहरुलाई सम्मान सहित उपहार प्रदान गरेका थिए । कार्यक्रममा जिल्ला रेडक्रस उपमन्त्री सानु थापा,५नं वडाध्यक्ष जहार सिं लामा, ६नं वडाध्यक्ष सिताराम थापा लगायत सहकारीका प्रतिनिधिहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता