file photo

कात्तिक २३- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सीमाबारे भारतले बखेडा झिकेर छिमेकी नेपालसँग निहुँ खोज्नुको कुनै तुक नरहेको बताएका छन् ।

उनले लिम्पीयाधुराबाट उत्पत्ती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाईबाट प्रस्ट हुने दाबी गरेका छन् ।

‘यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन । भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो हुन्छ’, मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेपालले छोड्ने कुरै आउँदैन । सिंगो नेपाल एक छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।