कात्तिक २३-भारतले जारी जरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ।

भारतले हालै नेपालली भूमी लिपुलेक, कालापानी, लिम्पियाधुरा लगाएतको क्षेत्रलाई आफ्नोतर्फ राखेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि त्यसको नेपालमा चर्को विरोध हुँदै आएको छ।

सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको नयाँ नक्साबारे राष्ट्रिय राष्ट्रय धारणा बनाउन माग गरेपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक डाकेका हुन्।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, राप्रपाका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापा, नारायणकाजी श्रेष्ठ लगायतका परराष्ट्रविद, सीमाविद र प्रमुख दलका नेताहरुसमेत सहभागी छन्।

सरकार र नेपालका प्रमुख राजनीतिक दलहरुले यसअघि नै कालपानी क्षेत्र नेपालको भूभाग भएको भन्दै भारतीय नक्सा मान्य नहुने बताइसकेका छन्।

आजको बैठकले भारतीय नक्साबारे राष्ट्रिय धारणा बनाउने नेकपाका एक नेताले नेपालखबरलाई बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।