२३ कार्तिक,भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ।

सिमामा धुसपैट हुन सक्ने जनाउदै भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई जानकारी नगराएर शविबार बिहान देखि उक्त नाका ठप्प पारेको छ । एम्बुलेन्स बाहेकका सवारी साधनमा रोक लगाएको बाँके प्रहरीले जानकारी दिएको छ । मानिसको हिडडुलमा समेत कडाई गरिएपछि ओहोर दोहोर गर्न समस्या भएको प्रहरीको भनाई छ ।

सिमामा भएको कडाईबारे नेपाली पक्षलाई पूर्व जानकारी नदिएपनि नाका कहिले सम्मको लागि बन्द गरेको हो केहि खुलाइएको छैन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।