कात्तिक २३- चर्चित र्यापर समिर घिसिङ भिटेन को नयाँ र्‍याप गीत सार्वजनिक भएको छ । उनले चलचित्र सरौतो’का लागी नयाँ र्‍याप गीत गएका हुन् । मंसिर १३ गतेबाट देशभर रिलिज हुने तयारीमा रहेको यस चलचित्रका र्‍याप गीतमा र्यापर समिर घिसिङ भिटेन को स्वर रहेको छ । केहि समय अघि अश्लील गीत गाएको आरोपमा पक्राउ परेका भिटेनको यस गीतमा सम्भावित विवादबाट बच्न विप राखिएको छ।

यस गीतको भिडियोमा चलचित्र ‘सरौतो’ की अभिनेत्री सुमी मोक्तान देखिएकी छिन् । यस गीतले चलचित्रको प्रचारलाई सहयोग पुग्ने बताइएको छ । हरी हुमागाईंले निर्देशन गरेको यस चलचित्रमा अभिनेत्री सुमी मोक्तानसँगै सन्नी सिंह, विजय लामा,आमिर गौतम, युवराज लामा लगायतका कलाकारको अभिनय रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।