file photo

कात्तिक २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले सीमा विवादबारे राष्ट्रिय धारणा बनाउन शनिबार बालुवाटारमा राखेको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएपछि पत्रकारहरूसँग अध्यक्ष थापाले भने, ‘सरकारले विज्ञप्ति निकालेर मात्रै पुग्दैन, अतिक्रमित भूमि फिर्ता ल्याउन र कालापानीबाट भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्छ। भारतीय पक्षलाई आफ्ना कुरा भन्नुपर्छ।’

उनले नेपालको भूमि कालापानी रहेका भारतीय सेना फिर्ता हुनुपर्ने सुझाव बैठकमा आएको जानकारी दिए। नेपालतर्फ सीमा क्षेत्रमा सुरक्षा अवस्था मजबुद बनाउन पनि थापाले सुझाव दिएको बताएका छन्।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका भूमि समावेश गरेपछि चर्को विरोध भइराखेको छ। भारतसँग कुटनीतिक पहल गर्नुअघि प्रधानमन्त्रीले शनिबार सर्वपक्षिय बैठक राखेका हुन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।