हेटौंडा,२३ कार्तिक,कविता : देश जोगाउन आउ

सिसुपाते खुकुरीमा धार लगाउने बेला आएको छ
देस जोगाउन कि वार कि पार गर्ने बेला आएकोछ !

किनभने ?
हाम्रो देशको सिमाना सत्रुले मिच्न खोज्दै छ
कालापानी लिपुलेक छिमेकीले घिच्न खोज्दै छ !

त्यसैले गाउँ गाउँ बाट आउ
बस्ती बस्ती बाट आउ
पार्टी ,जाति धर्मको आधारमा होइन
नेपाली भएर आउ
हाम्रो आफ्नो देश जोगाउन आउ

किनभने ?
हाम्रो देसको सिमाना सत्रुले मिच्न खोज्दै छ
कालापानी लिपुलेख छिमेकी ले घिच्न खोज्दै छ !

हाम्रो देस जोगाउन कति लडे पू्र्खा हरु
कति मरे आफै पनि कति मारे मुर्खहरु
हो त्यही इतिहास जोगाउन आउ
आफ्नो मातृभुमी बचाउन आउ
कोहि हिमाल बाट आउ
कोहि तराई बाट आउ
कोहि पहाड बाट आउ
वीर गोर्खाली भएर आउ

किनभने ?

हाम्रो देशको सिमाना सत्रुले मिच्दै छ
कालापानी लिपुलेक छिमेकीले घिच्दै छ !

हामिले पू्र्खा सम्झी बनाएको चौडा छाती
हाम्रो सन्तति ले हामीलाई सम्झी खुम्च्याउनु नपरोस्
हो त्यै गोर्खालीको मान जोगाउन आउ
हाम्रो देश नेपाल जोगाउन आउ

किनभने ?

देस सत्रुले मिच्दै छ
कालापानी लिपुलेक भारत घिच्दै छ
त्यसै के सबै नेपाली एकजुट भयर आउ

-बलराम थापा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।