कात्तिक २३- बलिवुड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म बालाु ले बक्स अफिसमा शानदार शुरुवात गरेको छ । बालाले शुक्रबार रिलिजको पहिलो दिन १० करोड १५ लाख कलेक्सन गरेको बलिवुड फिल्म समिक्षक तरण आदर्शले जानकारी दिएका छन् ।

लगातार ६ सुपरहिट फिल्म दिएका आयुष्मानको क्यारियरमा बालाले पहिलो दिन अहिलेसम्मकै बढी कमाई गरेको छ ।

यस अघि आयुष्मानको फिल्म ड्रिम गर्लले पहिलो दिन १० करोड ५ लाख कमाई गरेको थियो । त्यस्तै बधाई हो ले पहिलो दिन ७ करोड ३५ लाख कमाई गरेको थियो भने आर्टिकल १५ ले ५ करोड २ लाख कमाई गरेको थियो ।

फिल्मले सकारात्मक रिभ्यु पाएका कारण आउदा दिनमा अझ राम्रो कलेक्सन गर्ने फिल्म समिक्षकहरुले बताएका छन् ।

फिल्म कपाल नभएको युवाले बेहोर्नु पर्ने समस्यामा केन्द्रित रहेको छ । फिल्ममा आयुष्मान पहिला राम्रो कपाल भएको तर युवा अवस्थामै कपाल झरेको युवाको भूमिका निभाएका छन् ।

त्यस्तै फिल्ममा भुमि पेडनेकर र यमी गौतमको अभिनय रहेको छ । फिल्मलाई स्त्री फेम निर्देशक आम्र कौशिकले निर्देशन गरेका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।