सांकेतिक तस्वीर

कात्तिक २३- भरतपुर अस्पतालभित्र एक जना बिरामी कुरुवाको शव झुण्डिएको अवस्थामा भेटिएको छ ।

अस्पतानलको भर्‍याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा लमजुङका विष्णु सुनारको शल झुण्डिएको अवस्थामा फेला परेको हो ।

प्रहरीले लमजुङको दूधपोखरी गाउँपालिका( २ स्थायी ठेगाना भएका सुनारले आत्महत्या गरेको बताएको छ । मृतक सुनारले घाँटीमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब ८ बजेतिर सुनार अस्पतालभित्रै मृत अवस्थामा फेला परेका थिए । उनी तीन महिना अघि सुत्केरी भएकी श्रीमतिको उपचार गर्न भरतपुर अस्पताल आएका थिए ।

सुत्केरी श्रीमतिको मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सासुसहित सुनार भरतपुर अस्पताल आएको अस्पतालले जनाएको छ ।

सुनारले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।