कात्तिक  २३- भारतको सर्वोच्च अदालते लामो समयदेखि प्रतीक्षा गरिएको विवादास्पद धार्मिकस्थल अयोध्याबारे अहिले फैसला सुनाइरहेको छ ।

राम मन्दिर-बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरका दिन पूरा भएको थियो। हाल सर्वोच्च अदालतले आफ्नो फैसला सुनाइरहेको छ ।

लामो समयदेखि धार्मिक विवादमा फँसेको अयोध्याबारे फैसला आउनुपूरेव अधिकारीहरूले शान्तिका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शान्तिका लागि अपिल गरेका छन्

उत्तर प्रदेश राज्यमा हजारौं प्रहरी र अर्ध सैनिक दस्ताहरू तैनाथ गरिएका छन्। अयोध्यामा रहेको १६औं शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौंदेखि तिक्ततापूर्ण विवाद हुँदै आएको छ ।

राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको छ।

उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्। तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौंदेखि प्रार्थना गरिरहेको बताउँछन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।