हेटौँडा,२२ कार्तिक – भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेत समेटेपछि अहिले नेपालमा विभिन्न समूहले आन्दोलन गरिरहेका छन् । सोहि सन्र्दभमा हेटौँडामा आज कविहरुले सडकमै कविता, गजल तथा मुक्तक माथि भारतीय हस्तक्षपको विरोध गरेका छन् ।

उन्मुक्त पुस्ता मकवानपुरले आयोजना गरेको कार्यक्रममा कवि निमेश निखिल, शुवास खनाल, शान्ति प्रीयवन्दना, दिपक गौतम, यश लामा, विशाल अधिकारी लगाएतले कविता वाचन गरेका थिए ।


उनीहरुले कविता मार्फत नेपालको सिमानामा भएको बलमिच्याईको निन्दा गर्दै सरकारलाई खरबदारी समेत गरे । आवश्यक परेको खण्डमा खुकुरी बोकेर फेरिपनि कालापानी, नालापानी, लिपुलेकमा गएर लडन तयार रहेको भाव समेत रचनाहरुमा रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।