कात्तिक २२- बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गर्ने तयारी अघि बढाइएको छ ।

विमानस्थल निर्माणमा सबैभन्दा पेचिलो र विवादित बनेको रुख कटानको विषयलाई सम्बोधन गर्नेगरी विमानस्थल निर्माण गर्न लागिएको हो ।

जसअनुसार अब विमानस्थल निर्माणमा सवा लाख रुखमात्र कटान गरिने भएको छ ।

विमानस्थलको दुईवटा धावनमार्गसहित अन्य पूर्वाधार निर्माण गर्दा विभिन्न प्रजातिका १ लाख २९ हजार रुखमात्र कटान हुने आयोजनाले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।