युरोपा लिगमा म्यान्चेष्टर युनाइटेडले सहज जित निकालेको छ । बिहीबार भएको खेलमा युनाइटेडले सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोलान्तरले हराएको हो । युनाइटेडकै घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन ग्रिनउड, एन्थोनी मार्सियल र मार्कुस राष्फोर्डले समान एक–एक गोल गरे । युनाइटेडले ग्रिनउडको गोलबाट २१औ मिनेटमा अग्रता लिएको थियो ।

यस्तै मार्सियलले ३३औँ मिनेटमा गोल गर्दै युनाइटेडको अग्रतालाई दोब्बर बनाए । राष्फोर्डले ४९औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई ३–० को शानदार जित दिलाएका थिए ।

यससँगै युनाइटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । समूह ‘एल’को शीर्ष स्थानको युनाइटेडले ४ खेलबाट १० अंक जोड्यो । लिगमा अब दुई चरणका खेलमात्र बाँकी छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।