फोटो : सिर्जना पौडेल

हेटौंडा, २२ कात्तिक- आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन ।यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि ९विष्णु०को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ ।आजको दिनमा विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने प्रचलन रहेको छ ।

हरेक वर्ष हरिबोधनी (ठूलो) एकादशीको दिन भीमफेदी गाउँपालिकास्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्छ । यहा विहान देखिनै भक्तजनहरुको भीड रहेको छ । मेला हेटौंडा काठमाडौं छोटोदुरीको सडक खण्डमा पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था बडा परिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना प्रभावित क्षेत्र र साना गाडी धेरै हिड्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातको साधन चेकजाँच गरि सुरक्षा कडा गरिएको जनाइएको छ ।

त्यस्तौ हरिवोधनी एकादशीको दिन मकवानपुरको ऐतिहासिक गढी मकवानपुरगढी दरवार परिसरमा पनि ठुलो एकादशी मेला लाग्ने गर्दछ । गढी दरबार भित्र बंशगोपालको मन्दिर रहेको छ । आज विहानै ५ बजे देखिनै व्रतालु र जात्रा मनाउनेहरुको ठुलो भिड लागेको छ ।

मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडाको हटिया हर्नामाडी, बकैयाको ठिङगन लगायत मकवानपुरको विभिन्न स्थानबाट मेलामा आउने गरेको मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रीनले बताए । ऐतिहासिक गढी दरबारमा हरेक वर्ष झैं ठुलो एकदशीमा जात्रा लाग्ने गरेको उनले बताए ।

ठुलो एकादशीको रुपमा हरिबोधनी एकादशीमा भीमफेदी थाहा नगरको दामनस्थित ऋषेश्वर महादेव मन्दिर पनि मेला लागेको छ ।

हेर्नुहोस खबरब्रेकको लागि सिर्जना पौडेलले खिचेको तस्बिरहरु :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।