
हेटौंडा २२ कार्तिक,प्रदेश नंबर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन,कालापानी,लिपुलेक,लिम्पियाधुराबाट निस्किएको काली नदी हाम्रो सिमाना हो। कसैले गिद्धेनजर नलगाए हुन्छ।
यसैबीच भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न सङ्घ संस्थाले आज हेटौंडामा विरोध कार्यक्रम आयोजना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्