मरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले जारी तीनदिवसीय फर्स्ट क्लास क्रिकेटमा नेपाललाई ३९३ रनको लक्ष्य दिएको छ । खेलको अन्तिम दिन अब नेपालले खेल जित्न अधिकतम ८१ ओभरमा ३९३ रन बनाउनुपर्ने भएको छ ।

एमसीसीले पहिलो इनिंगमा पाएको २११ रन र दोस्रो इनिंगमा ६ विकेट गुमाउदै १८१ रन बनाएर इनिंग घोषणा गरेपछि नेपालले ३९३ रनको लक्ष्य पाएको हो । नेपाल पहिलो इनिंगमा १५३ रनमा अल आउट भएको थियो भने एमसीसीले पहिलो इनिंगमा ३६४ रन बनाएको थियो । नेपाली बलर करण केसीले २ विकेट लिए भने सोमपाल कामी, पवन सराफ, सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका थिए । त्यस्तै एमसीसीका लागि विल गोडलीम्यानले ४९ रन बनाएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।