कात्तिक २१- सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीले बिहीबार पदभार ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखमा नियुक्त भएपछि बुधबार साँझ धनगढी पुग्नु भएकी पन्तले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रमुख भएर आउन पाउँदा निकै खुशी लागेको बताउँदै उहाँले प्रदेशवासीको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख पन्तको पदभार ग्रहणमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत मन्त्री, सांसद् र कर्मचारीहरूको सहभागिता थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।