हेटौँडा,२१ कार्तिक ।
मकवानपुरका सत्तारुढ पार्टी नेकपाका युवा तथा विद्यार्थी नेताहरुले भारतले जारी गरेको नक्सामा नेपालको भू भागलाई गाभेकोप्रति आक्रोश ब्यक्त गर्दै विश्वको कुनै लडाईमा नझुकेको नेपालको भूमि हत्याउने कोशिस नगर्न भारत सरकारलाई चेतावनी दिएका छन् ।

अनेरास्ववियू मकवानपुरले आज गरेको विरोध प्रर्दशनपछि हेटौँडाको बुद्धचोकमा भएको कोणसभामा बोल्दै मकवानपुरका युवा तथा विद्यार्थी नेताहरुले भारतको रबैयाको आलोचना गरेका हुन् । उनीहरुले नेपालको भूमि रक्षाको लागि आफुहरु मर्न समेत तयार रहेको बताए । उनीहरुले भारतको भूभागलाई समेत नेपालमा गाभ्न सक्षम रहेको समेत उल्लेख गरे ।

सयौँ विद्यार्थीहरुको र्यालीलाई संवोधन गर्दै नेताहरु के भने त हेरौ पत्रकार अशोक सुजन श्रेष्ठले तयार पारेको जगत टिभिको यो भिडियो


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।