file photo

कात्तिक २१- पूर्व मन्त्री तथा सांसद अफताव आलमको बयान सकिएको छ । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता आलमको मंगलबार सुरु भएको बयान बिहीबार सकिएको हो ।

न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई तेस्रोदिन ५१ वटा प्रश्नहरु सोधिएको थियो । बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धि प्रश्न गरिएके थियो । अधिकांश प्रश्नको उनले इन्कारी बयान दिएका छन ।

आलममाथि आजै दिउँसो २ बजेपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत रौतहटले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।